एमालेको घोषणा पत्रलाई अन्तिम रुप दिने काम तीव्र, २/३ दिनमा सार्वजनिक हुने

बिहीबार, मंसिर १, २०७९
काठमाडौँ – नेकपा एमालेले तीन दिन भित्र घोषणा पत्र सार्वजनिक गर्ने गरी काम गरिरहेको छ । नेकपा एमाले केन्द्रीय सदस्य शेरबहादुर तामाङका अनुसार अहिले घोषणा पत्र तयारीको काम तीब्र रुपमा भइरहेको छ । संसदीय निर्वाचनमा एमालेले देशलाई विकाशील देशको सूचीमा पार्ने गरी रणनीतिक घोषणा पत्रको तयारी गरिहेको छ । घोषणापत्रलाई २/३ दिनमा नै अन्तिमरुप दिइने उनले जानकारी दिए । घोषणापत्रलाई अन्तिम रूप दिन एमाले अध्यक्ष केपी ओली शनिबार ललितपुरको लाँकुरीभन्ज्याङस्थित ‘द टेरेसेस रिसोर्ट’ पुगेका छन् । मस्यौदालाई अन्तिम रुप दिन ओलीले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा दिनेशचन्द्र देवकोटाको सहयोग लिइरहेका छन् । राष्ट्रियता, सुशासन, समृद्धि, रोजगारी अभिवृद्धि, भ्रष्टाचार नियन्त्रणजस्ता विषयलाई मुख्य एजेन्डा बनाउँदै एमालेले निर्वाचन घोषणापत्रलाई अन्तिम रूप दिने तयारी गरेको हो । एमालेले २६ साउनमा घोषणापत्र मस्यौदा कमिटी गठन गरेको थियो । अध्यक्ष ओलीको संयोजकत्वमा रहेको कमिटीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्