बिदेसिने युवालाई गाउँमै रोक्ने गरी काम गर्नु छ : वरिष्ठ नेता पौडेल

बिहीबार, मंसिर १, २०७९
काठमाडौँ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अधुरा काम पुरा गर्ने आफ्नो अन्तिम इच्छा भएको बताएका छन् । तनहुँको क्षेत्र नं. १ मा कार्यकर्ता भेटघाट गर्दै पौडेलले एक पटक विजयी गराउन मतदातासँग आग्रह पनि गरे । ‘मेरो अन्तिम इच्छा भनेको मैले गरेका अधुरा काम पूरा गर्नु छ, तपाइहरूसँग मलाई एक पटक विजयी गराउन आग्रह गर्छु, ’ उनले भनेका छन् । जनतालाई मालिक बनाउने गरी काम गर्ने सपना रहेको उनको भनाइ छ। व्यास नगरपालिका–१२ स्थित कमलवारिमा कार्यकर्ता भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशमा सुशासन कायम गर्नु अहिलेको मुख्य लक्ष्य रहेको बताए। सहिदको बलिदानबाट प्राप्त भएका जनताका अधिकारलाई कुठाराघात गर्ने प्रवृत्ति हाबी हुँदै गएकाले त्यसको रक्षाका लागि गठबन्धनले खबरदारी गर्दै आएको नेता पौडेलको भनाइ छ । नेता पौडेलले गाउँमा विकास र रोजगारी सिर्जना गर्न जनतालाई मालिक बनाउने बताए। ‘बिदेसिने युवा शक्तिलाई स्वदेशमा बसेर रोजगारी गर्ने वातावरण मिलाइने गरी काम गरिनेछ’, उनले भने।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्