एमाले केन्द्रीय सदस्य न्यौपानेले दिए राजीनामा

बिहीबार, मंसिर १, २०७९
काठमाडौँ – नेकपा एमालेका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले पदबाट राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी (जसपा)सँग भएको चुनावी तालमेलप्रति असहमति जनाउँदै न्यौपानेले राजीनामा दिएका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जसपासँग गरेको सहमति जनताको माग विपरीत भएको उनको दाबी छ । तत्कालिन चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष रहेका न्यौपानेले २०७४ सालमा पार्टीलाई एमालेमा विलय गरेका थिए । एमालेले जसपासँग तराई मधेसका १४ जिल्लामा चुनावी तालमेलको सहमति गरेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्