नेभिगेशन
अर्थतन्त्र विविध

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाका बेन एस, डग्लस डब्लु र फिलिपलाई

काठमाडौँ– रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले यो वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरुस्कार तीन जनालाई वितरण गर्ने घोषणा गरेको छ। सोमबार अल्फेर्ड नोबेलको स्मृतिमा सेभिरेज रिक्सबैंकले बेन एस बर्नान्के, डग्लस डब्लु डायमन्ड र फिलिप एच डिबभिगलाई संयुक्त रूपमा उक्त पुरस्कार दिने घोषणा गरेको छ। बैंक र वित्तीय संकटहरूमा अनुसन्धानका लागि योगदान पुर्‍याएको भन्दै यो वर्षको नोबेल पुरुस्कार दिन लागिएो हो। तीनै जना अमेरिकी नागरिक हुन्। आधुनिक बैंकिङ अनुसन्धानले हामीसँग किन बैंकहरू छन्, तिनीहरूलाई संकटमा कसरी कम जोखिममा पार्ने र कसरी बैंकको पतनले वित्तीय सङ्कटलाई बढाउँछ भन्ने कुरा स्पष्ट पार्ने पनि विज्ञप्तिमा जनाइएको छ। यस अनुसन्धानको आधार बेन बर्नान्के, डगलस डायमन्ड र फिलिप डिब्भिगले सन् १९८० को दशकको सुरुमा नै राखेका थिए। उनीहरुको विश्लेषण वित्तीय बजार नियमन र वित्तीय संकट सामना गर्न धेरै व्यावहारिक महत्त्व भएको पनि उल्लेख गरिएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध