नेभिगेशन
सिएन ग्यालरी

डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन (फोटोफिचर)

वृहत नागरिक आन्दोलनले अनशनरत सामाजिक अभियन्ता डा. गोविन्द केसीको सत्याग्रहको समर्थनमा काठडमाडौंमा प्रदर्शन गरेको छ । स्वास्थ्य सेवा सुधारको माग राखेर अनसन गरिरहेका डा.केसीको समर्थनमा माइतीघरमा प्रदर्शन भएको छ । प्रदर्शनमा विवेकशील पार्टीका अध्यक्ष कर्मा तामाङ , प्रवक्ता विजयबाबु शिवाकोटी, सामाजिक अभियन्ता खगेन्द्र सङ्ग्रौला, विमल पौडेल लगायतको उपस्थिति थियो । प्रदर्शनकर्ताहरूले माफियाको मिसन सिटामोलमा कमिसन, ईलाम र उदयपुरमा सरकारी शिक्षण अस्पताल कहिले बन्छ? डाक्टर केसी हामी तिम्रो साथमा छौँ, मधेस प्रदेशमा सरकारी शिक्षण अस्पताल कहिले बन्छ ? खल्तीबाट नियुक्ति, नियम कानुन खै ? सरकारी अस्पतालमा डाक्टर खै ? उपचार गर्न काठमाडौ कहिलेसम्म धाउने ? राप्ती प्रतिष्ठान कहिलेबाट संचालनमा आउँछ ? जस्ता नारा लगाएका थिए ।  
प्रतिक्रिया दिनुहोस्