नेभिगेशन
समाचार

कांग्रेसले आज समानुपातिक सूची टुङ्गयाउँदै

काठमाडौं प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय समितिको बैठक बस्दै छ । समानुपातिक उमेदवार टुङ्गयाउनका लागि बैठक बस्न लागेको हो । बैठकले सहमहामन्त्रीहरुले क्लस्टरिङ गरेका नामहरुबाट अन्तिम सूची बनाउने बताइएको छ । कांग्रेसले आठजना सहमहामन्त्रीहरुलाई कस्टरिङअनुसार समानुपातिक उम्मेदवारको सूची बनाउने जिम्मा दिएको थियो । कांग्रेस संसदीय समितिमा पदाधिकारीहरुसँगै नेता रामचन्द्र पौडेल पनि रहेका छन् । समितिको बैठक हिजो पनि बसेको थियो । निर्वाचन आयोगले आज र भोलि समानुपातिक बन्दसूची बुझाउनका लागि समय तोकेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार