नेभिगेशन
समाचार

पहिराले कर्णाली राजमार्ग अवरुद्ध

कालिकोट–कर्णाली राजमार्गको कालिकोट खण्डमा पर्ने सुनार खोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । शुक्रबार राति ७ बजे भारी वर्षासँगै खसेको पहिरोले राजमार्ग नै ठप्प भएको हो । पहिरोमा फसेका गाडी निकाल्नका लागि यात्रुहरूले ढुंगाको पर्खाल लगाएका छन् । सुर्खेतदेखि मुगु जाँदै गरेको गाडी चालक सन्तोष बुढाले सुनार खोलामा पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि सुर्खेत फर्किएको बताए । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमूख डीएसपी जयस्वर रिमालले सुनार खोलामा फसेको गाडी उकास्न प्रहरी र गाडीमा सवार यात्रुहरूले भाँसिएको सडकमा ढुंगाको पर्खाल लगाएर निकालिएको बताए । कर्णाली राजमार्गमा हुने पहिरोका कारण प्रहरीलाई समेत हैरान भएको प्रहरी प्रमूख रिमालले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार