नेभिगेशन
समाचार

एकीकृत समाजवादीमा समानुपाति उम्मेदवारका लागि मापदण्ड तय

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूचीका ६ बुँदे मापदण्ड तय गरेको छ । महासचिव बेदुराम भुसालले शनिबार एक विज्ञप्ति जारी गरी ६ बुँदे मापदण्ड सार्वजनिक गरेको हो । जसअनुसार पार्टीले हाल समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्य रहेकालाई लगातार दोहोराएर अहिलेको बन्दसूचीमा नराख्ने भएको हो । त्यस्तै स्थानीय तह निर्वाचन २०७९ मा पार्टीका तर्फबाट उम्मेदवार भएकालाई अहिलेको बन्दसूचीमा नराख्ने तथा विगतमा दुई पटक वा सोभन्दा बढी समानुपातिक सांसद वा राष्ट्रिय सभाको सदस्य भएकालाई पनि बन्दसूचीमा नराख्ने महासचिव भुसालले जानकारी दिए । महासचिव भुसालले समानुपातिक निर्वाचन पद्धतिको उम्मेदवार चयनका लागि कार्यक्षमता राम्रो भएको र सक्रिय, पार्टी निर्माणमा राम्रो योगदान गरेको, स्वच्छ छवि भएको, सुशासनको पक्षपातीलाई अवसर दिने र भौगोलिक सन्तुलन मिलाउने पनि बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार