नेभिगेशन
समाचार

‘अग्निपथ’बारे निर्णय नयाँ सरकारले गर्छ : परराष्ट्र

काठमाडौं–आगामी चुनावपछि बन्ने नया सरकारले भारतको सैन्य भर्ती योजना अग्निपथका विषयमा निर्णय गर्ने सरकारले प्रष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले अग्निपथ योजनाबारे तत्काल निर्णय नहुने स्पष्ट पारेको हो । अग्निपथ योजनामा नेपाली युवालाई पनि सहभागी गराउन भारतले खोजेको छ । तर नेपालले यसबारे निर्णय गरेको छैन । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अग्निपथमा सहभागी हुने वा नहुनेबारे राष्ट्रिय सहमति पनि आवश्यक पर्ने भएकाले तत्काल निर्णय नहुने बताएकी हुन् । बिहीबार नियमित प्रेस ब्रिफिङमा उनले भनिन्, ‘यो चुनावी सरकार भएकाले पनि र राष्ट्रिय सहमतिसमेत आवश्यकता पर्ने भएको हुँदा पनि तत्काल निर्णय हुने सम्भावना छैन ।’ प्रवक्ता लम्सालले अहिले उक्त विषय थाती राखिएको पनि बताइन् । भारतीय सेनाध्यक्ष मनोज पाण्डेले नेपालले निर्णय नगरे नेपालीलाई छुट्याइएको अग्निपथ भर्ती तत्काललाई फिर्ता हुने अभिव्यक्ति दिएपछि परराष्ट्रको भनाइ आएको हो । ‘नेपाल सरकारको निर्णय भनेको नै नवनिर्वाचित सरकारले नै गर्ने भन्ने हो । तत्काल यसबारे छलफल र वार्ता अघि बढ्दैन । नवनिर्वाचित सरकारले नै सबै राजनीतिक दलहरूसँग कुरा गरेर यस विषयलाई अगाडि बढाउँदा नै उपयुक्त हुन्छ भन्ने सरकारको धारणा हो’, भारतीय सेनाध्यक्षको भनाइप्रति प्रतिक्रिया जनाउँदै प्रवक्ता लम्सालले भनिन् । बिहीबार नै भारतीय सेनाध्यक्षले नयाँदिल्लीमा नेपालले निर्णय नगरे नेपालीलाई छुट्याइएको कोटा अन्यलाई दिने बताएका थिए ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार