नेभिगेशन
समाचार

राष्ट्रपति भण्डारी र कमल थापाबीच भेटघाट

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेटघाट भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा भएको भेटघाटका क्रममा मुलुकको समसामयिक विषयमा कुराकानी भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । एकघण्टा भन्दा बढी समय भएको भेटवार्तामा पछिल्लो समय विवादमा रहेको नागरिकता विधेयकको विषयमा छलफल भएको बर्तौलाले बताए । भेटमा थापाले राष्ट्रपतिले चालेको कदमको पक्षमा रहेको बताएका थिए। नागरिकता विधेयकको बारे थापाले सामाजिक सञ्जालमार्फत कडा आपत्ति प्रकट गरिरहेका छन् ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार