नेभिगेशन
समाचार

सिट बाँडफाँटको टुंगो लगाउन आज पनि बैठक

काठमाडौं– सरकारद्वारा घोषित मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाउन आज सोमबार बिहान पनि सत्ता गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ पाँच दलका शीर्ष नेताहरूको बैठक सोमबार बिहान ८ बजे बस्न लागेको हो । गठबन्धनका एक नेताका अनुसार सिट बाँडफाँटमा ५० प्रतिशत कुरा मिलेकाले आजै सबै कुरा टुंगो लाग्ने बताए । गठबन्धनका शीर्ष नेताले सिट बाँडफाँटको टुंगो लगाउन कार्यदल गठन गरी जिम्मा दिए पनि कार्यदलले ठोस निश्कर्ष ननिकाले पछि सबै जिम्मा शीर्ष नेतृत्वलाई नै दिइएको थियो । सत्तारुढ पाँच दलमा नेपाली कांग्रेसले १०० सिटमा दाबी गर्दै आएको छ भने माओवादी केन्द्रले ६० सिट पाउनु पर्ने अडान लिएको छ। यस्तै, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार