नेभिगेशन
समाचार

पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रजापति विजयी

कास्की– पोखरा उद्योग वाणिज्य सङ्घको ३४ औँ अधिवेशनबाट अध्यक्षमा पवन प्रजापति विजयी भएका छन् । सङ्घको शनिवार भएको निर्वाचनको मतगणना सकिदा पवनले १ हजार ६१३ मतसहित अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धा अर्जुन पोखरेलले ८९७ मत प्राप्त गरे । उपाध्यक्षमा देवेन्द्र केसी र उत्तममान बुद्धाचार्य विजयी भएका छन् । उद्योग तर्फका उपाध्यक्षमा देवेन्द्र केसी र वाणिज्य तर्फको उत्तममान बुद्धाचार्य विजयी भए । महासचिवमा बलराम आचार्य विजयी भए । उनले ९ सय १० मत प्राप्त गर्दा केशब बहादुर खत्रीले ८ सय २९ र तारानाथ ढुङ्गानाले ७ सय ५९ मत प्राप्त गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार