नेभिगेशन
सिएन ग्यालरी

हनुमानढोका परिसरमा ल्याइयो इन्द्रजात्राको लिंगो (तस्वीरहरु)

काठमाडौं– राजधानीमा इन्द्रजात्राको रौनक शुरु भएसँगै आज भक्तपुर नजिकको जंगलबाट लिएर आएको लिंगो नगर प्रवेश गरेको छ । भदौ १९ गते बिहान ७ः२४ को साइत पारेर नेपाली सेनाको सहयोगले भोटाहिटीमा राखिएको लिंगो आज डोरीले तानेर हनुमानढोका परिसरमा पुर्‍याइएको छ । करिब ७ दिनसम्म निरन्तर मनाइने यो जात्रा काठमाडौंकै लामो जात्रा हो ।
प्रतिक्रिया दिनुहोस्