नेभिगेशन
जीवनयापन

नेपालमा ६० औँ वार्षिकोत्सव मनाउँदै पिस कोर

काठमाडौँ– अमेरिकी पिस कोरका स्वयंसेवकहरू आएर नेपालमा काम गर्न सुरुगरेको ६० वर्ष पुगेको छ । सन् १९६२ को सेप्टेम्बर महिनामा पहिलो पटक नेपाल आई अमेरिकी स्वयंसेवकहरूले काम गर्नुभएको थियो । त्यो बेला ७० भन्दा बढी स्वयंसेवकहरूको समूह पहिलो पटक काठमाडौं आएको थियो । यो अवधीमा झन्डै ४ हजार अमेरिकीहरूले नेपालमा स्वयंसेवक भई सेवा गरिसकेका छन् । पिस कोर विश्व शान्ति तथा मित्रताको उद्देश्यबाट अभिप्रेरित स्वयंसेवक, समुदायका सदस्य, आतिथेय मुलुकका साझेदार र कर्मचारीहरूको एउटा अन्तर्राष्ट्रिय सेवा सञ्जाल हो । पिस कोरका स्वयंसेवकहरूले नेपालभर मुख्यतः विद्यालय र कलेजहरूमा सेवा दिने गर्नुृभएको छ । नेपाल र अमेरिकाबिच दिगो सम्बन्धको सृजना गर्नमा पनि यी स्वयंमसेवकहरुको ठूलो भूमिका छ । शिक्षा, वातावरण, कृषि, प्राकृतिक स्रोतसाधन र आर्थिक विकासलगायत बहुल क्षेत्रका परियोजनाहरूमा पिस कोरका स्वयंसेवकहरूले नेपालमा सेवा दिंदै आएका छन् । कोरोना महामारीका कारण सन् २०२० मार्च महिनायता अमेरिकाले नेपाल लगायत विभिन्न देशमा पिस कोर पठाएको छैन। दूतावासले अमेरिकी पिस कोर स्वंसेवकलाई फिर्ता ल्याउने योजना रहेको जनाएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै