नेभिगेशन
जीवनयापन

रोल्पामा श्रीमान–श्रीमतीको शव विभत्स अवस्थामा फेला

राेल्पा – रोल्पामा श्रीमान्–श्रीमतीको शव फेला परेको छ। धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिए। माडी गाउँपालिका–३ तालावाङमा श्रीमानरश्रीमतीको शव विभत्स अवस्थामा फेला परेको हो। रोल्पा परिवर्तन गाउँपालिका–२, राङसी घर भएका दुर्गाबहादुर पुन र उनकी श्रीमती पार्वती मृत अवस्थामा भेटिएको हो। उनीहरुले यसअघि काठमाडौँ इटाभट्टामा काम गरेका थिए। बिहे गरेर रोल्पा आएपछि तालावाङस्थित जयलाल डाँगीको घरमा मजदूरी गर्दै आएका थिए। घटनाको अनुसन्धानका लागि कोहरपुरबाट तालिम प्राप्त कुकुर बोलाइएको प्रहरीले जनाएको छ। घटनाको खबर पाएसँगै घर्तीगाउँ ईलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक देवराज भट्टराईको टोली र रोल्पा प्रहरी प्रमुख विनोद घिमिरेको टोली घटनास्थल पुगेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु भएको बताएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्