नेभिगेशन
जीवनयापन

गरिब परिवार परिचयपत्र वितरण सुरु

महोत्तरी– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि आवश्यक सम्पूर्ण कामहरू सरकारले योजना बनाएर गर्न सुरु गरिसकेको बताएकी छन् । महोत्तरीको बर्दिबास नगरपालिका १२ बाट गरिब परिवार परिचयपत्र वितरण कार्यको शुभारम्भ गर्दै मन्त्री श्रेष्ठले पहिचान कार्य सम्पन्न भएका २ लाख २३ हजार ३ सय ३० घरपरिवारलाई परिचयपत्र वितरण गर्ने कार्यको आज शुरुवात गरिएको बताइन् । २३ जिल्लाका २१४ स्थानीय तहहरूबाट ११ लाख ८ हजार ८ सय ३६ घर परिवारको तथ्याङ्क सङ्कलन भई २ लाख २३ हजार ३ सय ३० गरिब घरपरिवार पहिचान गर्ने कार्य सम्पन्न भई परिचयपत्र वितरणको कार्य शुभारम्भ गरिएको हो । मन्त्री श्रेष्ठले अहिलेको सरकार र मन्त्रालय तल्ला तहका नागरिकलाई रोजगारी सिर्जना गर्ने, सम्मानपूर्वक जीवन यापन गर्ने र नागरिकको जीवनस्तर कसरी उकास्ने भन्नेतर्फ ध्यान केन्द्रित गरेर काम गरिरहेको पनि बताइन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्