नेभिगेशन
जीवनयापन

मोटरसाइकलमा ‘मोबाइल स्ट्यान्ड’ राख्न रोक

काठमाडौँ – उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोटरसाइकलमा ‘मोबाइल स्ट्यान्ड’ राख्न रोक लगाएको छ। राइड सेयरिङ एप कम्पनीहरुलाई पत्र लेख्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्यस्ता स्ट्यान्ड हटाउन निर्देशन दिएको हो। ट्राफिक प्रहरीका अनुसार मोटरसाइकल र स्कुटरमा मोबाइल होल्डर राखे २० हजारसम्म जरिवाना हुनेछ। दुई पाङ्ग्रे सवारीसाधनमा मोबाइल राख्दा चालकको ध्यान भड्किएर दुर्घटनाको सम्भावना धेरै हुने भएकाले यसलाई अभियानकै रूपमा सुरु गर्न लागिएको ट्राफिक प्रहरीको भनाइ छ। यस्ता स्ट्यान्डले बाइकल मोडिफिकेसन भएको ठहर गर्दै ट्राफिकले प्रयोगमा रोक लगाएको हो। अहिले लापरबाही कसुरमा ५ सयर१ हजार मात्र जरिवाना लिने गरेको र सवारीचालकले अझै पनि अटेरी गरे स्वरुप परिर्वतन कसुरमा ५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुने ट्राफिक प्रहरीको चेतावनी छ। ट्राफिक प्रहरीले जरिवाना तिराउने भइपछि आज पठाओ, एनड्राइभलगायतका केही राइड सेयरिङ एपका राइडरहरुले स्टेण्ड हटाएका छन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्