नेभिगेशन
जीवनयापन

राष्ट्रपतिसँग प्रचण्डले भने– केपी ओलीले ल्याएको अध्यादेशको व्यवस्थाअनुसार नै नागरिकता विधेयक आएको हो

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरूसँग नागरिकता विधेयकका सम्बन्धमा छलफल गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको छलफलमा अध्यक्ष ‘प्रचण्ड’ले सरकारद्वारा प्रस्तुत ‘नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक’लाई लिएर अनावश्यक राजनीतिकरण गरिनु दुःखद् भएको बताए। अध्यक्ष ‘प्रचण्ड’ले जन्मसिद्ध नागरिकका सन्तति नागरिकताविहीन बन्ने अवस्था अन्त्य गर्न विधेयक ल्याइएको प्रष्ट पारे । छलफलमा अध्यक्ष ‘प्रचण्ड’ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरी राष्ट्रपतिद्वारा प्रमाणीकरण गरिएको अध्यादेशको व्यवस्थाअनुसार नै विधेयक आएको बताउनुभएको अध्यक्ष ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले बताए। छलफलमा अध्यक्ष ‘प्रचण्ड’सहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा लगायत सहभागी थिए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्