नेभिगेशन
जीवनयापन

सवारी दुर्घटनामा परी बाबु छोराको मृत्यु

रुपन्देही–  बुटवलको बेलबासमा सवारी दुर्घटनामा परी बाबु छोराको मृत्यु भएको छ । दुर्घटनामा परी बुटवल उपमहानगरपालिका–१३ बेलवासका ४५ वर्षीय सोनु भट्टराई र उनका ५ वर्षीय छोरा निशानको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए । बुधबार दिउँसो बुटवल १३ बेलवास चोकमा पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिँदा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ क ४४२४ नम्बरको ट्याङ्करमुनि लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल परेको थियो । दुर्घटनाबाट गम्भीर घाइते बाबुछोरालाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो । दुर्घटनामा बुटवल–१३ का १५ वर्षीय आयुष आचार्य र पाल्पा रामपुर २ का २३ वर्षीय अमृत सुनारी मगर घाइते भएका छन् । उनीहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । दुवै मोटरसाइकल र ट्याङ्कर प्रहरी नियन्त्रणमा रहेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्