नेभिगेशन
जीवनयापन

क्षेत्र नम्बर ४ बाटै चुनावमा उठ्छुः गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाटै प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वारी दिने तयारी गरेको बताएका छन् । कास्की–१ मा समेत उनलाई उम्मेदवार बनाउनुपर्ने भन्दै आवेदन परेपछि थापाले सामाजिक संजालमार्फत आफ्नो उम्मेदवारीबारे स्पष्ट पारेका हुन् । उनले आफूप्रति देखाएको सद्भावका लागि आफ्ना पार्टीका साथीहरुलाई धन्यवाद दिएका छन् । ‘मैले काठमाडौं ४ बाट नै उम्मेदवारी दिने तयारी गरिरहेको छु र स्वभाविक रुपमा म उम्मेदवार हुने यहीँबाट हो ।’ उनले फेसबुकमा लेखेका छन्।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्