दोस्रो जितको खोजीमा नेपाल

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं– पाँच टी–२० र तीन एकदिवसीय खेलका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शुक्रबार) घरेलु टोलीसँग दोस्रो टी–२० अन्तर्राष्ट्रियमा खेल खेल्दै छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल अपरान्ह पौने ४ बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । बिहीबार भएको पहिलो खेलमा नेपालले ५ विकेटले जित निकाल्यो । नेपालले तेस्रो खेल १२ भदौमा , चौथो १३ भदौमा र पाँचौ तथा अन्तिम टी–२० भदौ १४ गते हुनेछ । यसपछि नेपालले एकदिवसीय खेल खेल्नेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:१६
प्रतिक्रिया दिनुहोस्