क्रिकेट अवार्ड भाद्र २४ गते हुने

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान)ले आयोजना गर्दै आएको क्रिकेट अवार्ड यस वर्ष भाद्र २४ गते हुने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सीप्यानले भाद्र २४ गते काठमाडौंमा एक समारोहको आयोजना गरेर पाँच विधामा अवार्ड वितरण गरिने जनाएको हो । आयोजकले यस वर्ष विभिन्न ५ विधामा अवार्ड वितरण गरिने जनाएको छ । यस वर्ष वर्ष क्रिकेट खेलाडी पुरुष, वर्ष क्रिकेट खेलाडी महिला, वर्ष उदयीमान क्रिकेट खेलाडी, वर्ष उत्कृष्ट क्षण र विशेष अवार्ड गरि ५ विधामा पुरस्कार वितरण गरिने क्रिकेट खेलाडी संघ नेपालका महासचिव पारस खड्काले जानकारी दिए । वर्ष पुरुष खेलाडी र महिला खेलाडीले अवार्ड सहित जनही १ लाख ३२ हजार रुपैयाँ, वर्ष उदयमान खेलाडीले ६६ हजार, वर्ष उत्कृष्ट क्षणले भोटिङका आधारमा ६६ हजार र विशेष अवार्ड विजेताले १ लाख ३२ हजार रुपैयाँ प्राप्त गर्ने उनले बताए । .. त्यस्तै प्राविधिक समिति गठन गरेर तोकिएको मापदण्डाका आधारमा खेलाडी छनोट गरिने सीप्यानका अध्यक्ष मनिष राज पाण्डेले जानकारी दिएका छन् । अवार्ड विजेताको नाम छनोट गर्नका लागि ५ जनाको प्राविधिक कमिटि गठन गरिने आयोजकले जनाएको छ ।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:४२
प्रतिक्रिया दिनुहोस्