नेभिगेशन
खेलकुद

खुला स्नुकर यसै महिना हुने

काठमाडौं–छोरतेन स्नुकर क्लब, बौद्धको आयोजनामा दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगिता यसै महिना हुने भएको छ । यही भदौ २५ गतेदेखि हुने उक्त प्रतियोगितामा दुईसय ५६ भन्दा बढी खेलाडीको सहभागिताको अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष राजन लामाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । आयोजक क्लबमै हुने उक्त प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु दुई लाख ५१ हजार, रु एक लाख ११ हजार र रु ५१ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । एकसय ४७ अङ्क ब्रेक गर्नेलाई रु १० लाख, सेञ्चुरी ब्रेक गर्नेलाई रु एक लाख एक हजार र ८० अङ्कसम्म ब्रेक गर्नेलाई रु २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट खेलाडीलाई रु २५ हजार, उदीयमान खेलाडी, अनुशासित खेलाडी र क्वार्टरफाइनल पुग्ने खेलाडीलाई जनही रु ११ हजार नगद पुरस्कार दिइनेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद