नेभिगेशन
समाचार

बाम गठबन्धनको सम्भावना नरहेको एमालेको निष्कर्ष

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तत्काल बाम गठबन्धनको सम्भावना नरहेको निष्कर्ष निकालेको छ । मंगलबार ललितपुरको च्यासलमा बसेको एमाले स्थायी कमिटी बैठकले तत्काल बाम गठबन्धनको सम्भावना नभएकाले एकढिक्का भएर चुनावको सामना गर्ने निष्कर्ष निकालेको हो । बैठकमा घनश्याम भुसाललगायत केही नेताले बाम गठबन्धनको पहल गर्नुपर्ने बताएका भए तापनि आफूलाई वामपन्थी भन्नेहरू कांग्रेस छाडेर फर्किने अवस्थामा नरहेकाले त्यसमा अलमलिन नहुने निष्कर्ष बैठकले निकालेको हो । बैठकमा घनश्याम भुसाल, रघुजी पन्त, हिक्मत कार्की, शेरधन राई, शेरबहादुर तामाङ लगायतका नेताहरुले धारणा राखेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार