नेभिगेशन
जीवनयापन

दुई बालिकालाई बलात्कारको आरोपमा ६२ वर्षीय पुरुष पक्राउ

कैलाली - कैलालीको लम्कीबाट प्रहरीले बालिकालाई बलात्कारको आरोपमा ६२ वर्षका पुरुषलाई पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका-८ घर भएका गणेश सिंह ठकुरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लम्कीका इन्स्पेक्टर शंकर खड्काले बताए । आरोपीले दुई बालिकालाई बलात्कार गरेको आरोप छ । प्रहरीका अनुसार ९ वर्षीया र ७ वर्षीया बालिकालाई उनले जवरजस्ती करणी गरेको आरोप लागेको छ । आरोपीबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्