नेभिगेशन
जीवनयापन

माटो जोगाउनु सबै नेपालीको दायित्व: मन्त्री राई

नेपालगञ्ज– भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले माटो जोगाउनु सबै नेपालीको दायित्व भएको बताएका छन्। नेपालको माटो जोगाउन काठमाडौँबाट सुरु गरिएको ‘माटो जोगाऔँ अभियान’लाई नेपालगञ्जमा आज सम्बोधन गर्दै मन्त्री राईले माटो जोगाउने अभियान देश र जनताको हितमा रहेको बताए । मानवीय गल्तीका कारण माटोको उर्वराशक्ति घट्दै जानु भविष्यका लागि निकै चिन्ताको विषय भएको भन्दै उनले माटोको संरक्षण र संवर्द्धन गर्न सबै नेपाली जागरूक हुनुपर्नेमा जोड दिए। यस्ता अभियानलाई सरकारको सम्बन्धित निकायले पनि सहयोग र समर्थन गर्दै आएको मन्त्री राईले बताए । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले माटो जोगाउने अभियान निकै राम्रो अभियान भएको बताउँदै यसबारेमा नागरिक मात्र नभई सरकार पनि जागरूक बन्नुपर्ने आवश्यकता औँल्याए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्