नेभिगेशन
जीवनयापन

निर्वाचन आचारसंहिताबारे दलहरुसँग आयोगको छलफल शुरु

काठमाडौँ - निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगमा छलफल शुरु भएको छ । आउँदो मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै आचारसंहिताबारे छलफल शुरु गरिएको हो । छलफलमा प्रतिनिधिसभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधि सहभागी छन् । निर्वाचन आचारसंहिता, २०७८ लाई संशोधन गर्ने आयोगको तयारी छ । सोहीअनुसार आयोगले दलहरूसँग छलफल थालेको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै