नेभिगेशन
जीवनयापन

किन निन्द्रामा बोल्ने वा बर्बराउँछन् मानिस ? के यो गम्भिर समस्या हो ?

निन्द्रा भनेका शरीरलाई पूणर्तया आराम दिने नित्य कर्म हो । यसले थाकेको वा विचलित शरीरमा समेत आराम दिई उर्जावान् बनाउन मद्दत गर्छ । त्यसैले मानिस निदाउन आवश्यक छ । तर केहि मानिसमा भने निदाएको बेला बोल्ने वा बर्बराउने बानी हुन्छ । निन्द्रामा बर्बराउनुलाई अंग्रेजीमा सोम्नीलोकी भनिन्छ । निन्द्रामा बर्बराउने मानिस आफूले के बोले भन्नेबारे जानकार हुँदैन । तर उनीहरुको कुरा सुन्न भने निकै रमाइलो हुन्छ । कतिपय निन्द्रामा प्रष्ट बोल्छन् भने केहिले बोलेको बुझिदैन । किन मानिस निन्द्रामा बर्बराउँछ ? निन्द्रा विशेषज्ञहरु निदाएको बेला बोल्ने मानिसलाई के बोल्दैछु भन्नेबारे जानकारी नहुने बताउँछन् । उनीहरु सपनामा देखेको कुरामा सहायता पुर्‍याउन मात्र मानिसहरु बोल्ने गरेको बताउँछन् । तसर्थ निन्द्रामा बोलेको मानिसले विपनाका कुनै कुरामा प्रभाव पार्न बोलेको ठहरिदैन । निन्द्रामा बोल्दा अवचेतन मनको रहस्य खोल्ने वा आफ्ना सबै रहस्य खोल्छन् भन्ने झन हुँदैन । निन्द्रामा बर्बराउनु भनेको पर्याप्त निन्द्रा नपुगेको संकेत हो । मानिसमा हुने तनाव, थकान, विचलन, मादक पदार्थको सेवन तथा ज्वरोले समेत बर्बराउने हुन्छ । त्यसैले निन्द्रमा बर्बराउनु कुनै रोग होइन, बरु यसबाट छुटकारा पाउन शरीरलाई आराम दिने तथा मन प्रफुल्लित बनाउने गर्नु पर्दछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै