नेभिगेशन
जीवनयापन

किन हाँस्ने ? यी हुन् कारण

खुल्ला हृदयले हाँस्नु मानिसको प्राकृतिक स्वभाव हो । हाँस्न कुनै मूल्य लाग्दैन, बरु यसले करौडौं मूल्यको खुशी दिन भने सक्छ । हाँसोले मानिस बोल्न नसक्ने कुरालाई समेत भाव बुझाउन सक्छ । मुस्कुराउनु, फिस्स हाँस्नु, रुञ्चे हाँसो हाँस्नु, हाँस्नु, अट्टहासले हाँस्नु हाँसोका प्रकारहरु हुन् । मानिसको अनुहारमा हाँसोले धेरै ठूलो महत्व राख्दछ । विशेषतः मानिस खुशी हुँदा, आफ्नो हितको कुरा पाउँदा, अडियो, भिडियो, फोटो हरेर, अक्षर पढेर वा विगत, वर्तमान र भबिष्य सम्झेर पनि हाँस्ने गर्दछन् । हाँस्नु खुशी व्यक्त गर्ने माध्यम मात्र नभई एक प्रकारको उपचार पनि हो । यसका धेरै फाइदाहरु छन् । यी हुन हाँस्नुका फाइदाहरु - फुर्सदको बेला हाँस्ने मानिसको स्वास्थ्यमा यसले निकै लाभ गर्दछ । - हाँस्ने मानिसको मस्तिष्कमा सकारात्मक असर परी नकारात्मक भाव कम हुन्छ । - हाँस्दा श्वासप्रश्वास तथा मांसपेशी क्रियाशिल भई शारीरिक मजबुति बन्दछ । - हाँस्दा अङ्ग प्रत्यङ्ग खुम्चने र फुक्ने हुन्छ । यसले हर्मोन रिलिज भई अक्सिजन प्रवाह हुन्छ । - हाँस्दा फोक्सोको विकार कार्बनडाइअक्साइड बनि बाहिर निस्कन्छ र शरीर निरोगी हुन्छ । - हाँस्ने मानिसको शरीरमा क्याटाबोलिक सक्रिय भई मुटुको धड्कन नर्मल हुन्छ । - हाँस्दा शरीरको रक्तसञ्चार प्रणाली उत्तेजित हुने तथा मांसपेशी बलियो बन्ने गर्दछ । - हाँस्ने मानिसमा तनाव कम हुन्छ । तनाव कम हुने मानिसको आयु लामो हुन्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै