नेभिगेशन
जीवनयापन

खलिफाको अनुशासनप्रतिको प्रतिबद्धता : प्रेरक प्रसङ्ग

कुरा त्यो समयको हो, जब बगदादमा खलिफा उमर थिए । उनी जति न्यायप्रिय र असल थिए त्यति नै अनुशासनप्रिय पनि । उनले जँड्याहाहरुलाई जाँडको लत छुटाउनको लाग यस्तो घोषणा गरे, यदि कुनै जँड्याहाले जाँड पिउँदै गरेको या पिएको भेटियो भने उसलाई दरबारमा ल्याएर २५ कोर्रा लगाइनेछ । यो सुनेर जँड्याहाहरु डराए । उनको यो घोषणाको यथार्थ थाहा पाउनको लागि कसैद्वारा उनका छोरालाई जाँड पिलाएर बजारमा छोडिदिए र उनलाई तुरुन्त दरबारमा पेश गरियो । दरबारियाहरुले अनेक प्रकारले सम्झाए पनि खलिफा उमरले आज्ञा दिए- अपराधीको नाङ्गो ढाडमा २५ कोर्रा लगाइयोस् । यति कोर्रा खाइसकेपछि उनका छोरा बेहोस भएर ढले र त्यहीं मरे । साभार : ‘प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै