नेभिगेशन
जीवनयापन

गाँजासहित एक युवक पक्राउ

धनकुटा - प्रहरीले धनकुटा नगरपालिका-९ मुलघाटबाट पाँच किलो गाँजासहित एक युवक पक्राउ परेका छन् । साँगुरीगढी गाउँपालिका ९ बस्ने २० वर्षीय सनिल राईलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले चेकिङका क्रममा कालो रङको झोलाभित्र लुकाइराखेको उक्त परिमाणको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका राई सवार प्रदेश नम्बर १-०२-०४४ प ३४१६ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्