नेभिगेशन
जीवनयापन

नेकपा एसको काभ्रेपलाञ्चोक अध्यक्षमा हुमागाईं

काभ्रेपलाञ्चोक - नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नेकपा एसको काभ्रेपलाञ्चोक जिल्ला अध्यक्षमा बसुन्धरा हुमागाईं चयन भएका छन् । शनिबार पार्टीको पाँचौं बैठकले जिल्ला नेतृत्व हेरफेर गर्दै बागमती प्रदेश कृषि तथा पशुपक्षी मन्त्रीस मेत रहेका हुमागाईंलाई अध्यक्षमा चयन गरेको हो । बैठकले उपाध्यक्षमा दीपककुमार गौतम, सचिवमा गोकुल गौतम तथा विद्यार्थी नेता यशु लामालाई सहसचिवमा चयन गरेको छ । हुमागाईं यसअघि उपाध्यक्ष तथा गौतम सचिव थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्