नेभिगेशन
जीवनयापन

लोसपा प्रदेशसभा सदस्य गिरी एमाले प्रवेश

काठमाडौं - मधेश प्रदेशस्थित लोकतान्त्रिक समाजवादी पार्टीका सांसद प्रह्लाद गिरी नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा गिरी एमाले प्रवेश गरेका हुन् । उनलाई एमालेल अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् । पर्साबाट निर्वाचित गिरीले एमाले प्रवेशका लागि यसअछि नै ओलीसँग छलफल गरिसकेका थिए । गिरीसहित युवा नेता अरुण यादव, सुजित गिरी लगायतले पार्टी प्रवेश गरेका हुन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी छाडेर महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी रोजेपछि गिरी पनि त्यतै लागेका थिए । पर्सा क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित भएका गिरी लोसपाका केन्द्रीय सदस्य पनि हुन् । लोसपामा मधेश प्रदेशका प्रभावशाली नेता मानिने उनले यसअघि पनि पटक पटक दल बदलिसकेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै