नेभिगेशन
जीवनयापन

विराटनगरमा राधाकृष्ण रथयात्रा शुरु

मोरङ - हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट मोरङ विराटनगरमा निकालिने राधाकृष्ण रथयात्रा शनिबार अपरान्ह ३ बजेबाट शुरु भएको छ । विधिवत् रूपमा पूजाअर्चना गरेपछि तिनपैनी चोकस्थित राधाकृष्ण मन्दिरबाट ५४ औं संस्करणको रथयात्रा शुरु भएको हो । तिनपैनीबाट निस्किएको रथयात्राले यसपटक विराटनगरको मेनरोडबाट रोडशेष पुगेर कोशी राजमार्ग हुँदै नगर परिक्रमा सहित कूल ९ किलोमिटरको दूरी तय गर्दै तिनपैनीस्थित राधाकृष्ण मन्दिरमा पुगेर विर्सजन हुनेछ । रथयात्राका लागि सुनौलो रङ्गमा पैगोडा शैलीको २२ फिट लामो, १४ फिट चौडा र १८ फिट अग्लो रथ निर्माण गरिएको छ। युगल जोडी राधाकृष्ण विराजमान रथलाई तान्न रथको अग्रभागको दायाँ र बायाँ दुवैपट्टि ५० फिट लामो लठाको व्यवस्थापन गरिएको छ । सोही लठालाई तानेर रथलाई नगर परिक्रमा गराइने छ। यसपटकको रथयात्राका लागि नगरक्षेत्रभित्र २३ ठाउँमा विश्रामस्थलको प्रबन्ध मिलाइएको आयोजक समितिले जनाएको छ । भारतको जगन्नाथ पुरी पश्चात विराटनगरको रथयात्रा दक्षिण एसियाकै दोस्रो ठूलो रथयात्रा हो । विगतमा झैं यसपटक पनि यहाँको रथयात्रा अवलोकन गर्न प्रदेश १ र मधेश प्रदेशसहित भारतको बिहारसम्मका हजारौं भक्तजन नेपाल आएका छन् । रथयात्रालाई सुरक्षित र मर्यादित बनाउन मोरङ प्रहरीले नेपाल प्रहरीको ७००, ट्राफिक प्रहरीको १००, सशस्त्रको १६० र स्वयंमसेवक १५० जना जनशक्ति परिचालन गरिएको जनाईएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै