नेभिगेशन
जीवनयापन

६७ थान खयरको काठ बरामद

सिराहा - सिराहामा वन कार्यालयको कर्मचारी र काठ तस्करको मिलेमतोमा स-मिलमा ल्याइएको ६८ थान काठ बरामद गरिएको छ । काठ तस्करहरूले अवैध रुपमा कटान गरी स-मिलसम्म ल्याएको खयरको काठ डिभिजन वन कार्यालय लहानको टोलीले बरामद गरेको हो । मिर्चैया नगरपालिका-९ कमलदहमा रहेको समुदायिक वन घुर्मी डाँडाको नर्सरीबाट खयर र सिसौ जातका रूख कटानपछि चोरी निकासी गरी स- मिलसम्म ल्याए फेला परेको छ । सव-डिभिजन वन कार्यालय चोहर्वा र सव-डिभिजन कार्यालय मिर्चैयाकै कर्मचारीको मिलोमतोमा मिर्चैया नगरपालिका-९ घुर्मी पुलको छेउमा रहेको लक्ष्मी नारायण स-मिलबाट गत बिहीबार राति खयरको काठ ६८ थान काठ र मिलका संचालक मदन ठाकुरलाई पक्राउ गरिएको थियो । तर मिल सञ्चालकलाई भने केही बेरमै छोडेको नाम नखोल्ने सर्तमा एक कर्मचारीले बताए । डिभिजन वन कार्यालयका प्रमुख शैलेन्द्रकुमार मिश्रका अनुसार बरामद काठ र फरार रहेका स-मिल सञ्चालक ठाकुरमाथि अनुसन्धान भइरहेको छ । अवैध रुपमा कटान गरी स-मिलसम्म पुर्‍याउँदा पनि नजिकै रहेको सब-डिभिजन वन कार्यालय चोहर्वा र सब-डिभजन वन कार्यालय मिर्चैयाले नियन्त्रणमा लिन सकेका थिनन् । सब-डिभिजन वन कार्यालय चोहर्वाकाको कर्मचारीको र प्रहरी प्रशासनकै मिलोमतोमा यस क्षेत्रवाट व्यापक रुपमा काठ चोरी तस्करी हुने गरेको स्थानीय बताउँछन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै