नेभिगेशन
जीवनयापन

अम्बे स्टिल उद्योगले खनेको पानीको खाडलमा डुबेर बालकको मृत्यु

नेपालगञ्ज - बाँकेमा पानी भरिएको खाडलमा डुबेर एक बालकको ज्यान गएको छ । अम्बे स्टिल उद्योगले पर्खाल निर्माणका लागि खनेको करिब १० फिट गहिरो पानीसहितको खाल्डोमा डुबेर ७ वर्षीय बालकको मृत्यु भएको हो । जानकी गाउँपालिका-५ छब्बनपुर्वा निवासी ७ वर्षीय बालक सञ्जु कलबरको शनिबार बिहान पानी भरिएको खाडलमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डीएसपी) रामप्रसाद घर्तीमगरले बताए । जानकी गाउँपालिका-५ मा अम्बे स्टिल उद्योगले पर्खाल निर्माणका लागि खनेको करिब १० फिट गहिरो खाल्डोमा पानी जमेको थियो । उक्त घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बिहान करिब ५ बजेतिर बालक शौच गर्न निस्केका बेला उक्त पोखरीमा डुबेका थिए । मृतक बालकका परिवारले दोषीलाई कारबाही, पीडित परिवारलाई क्षतिपुर्ति दिनुपर्ने माग गरेका छन् । बाँके प्रहरीका अनुसार गत वर्षमा ९ बालकको डुबेर मृत्यु भएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्