नेभिगेशन
जीवनयापन

ठूलो परिमाणको लागुऔषधसहित युवक पक्राउ

लहान - ठूलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । लहान नगरपालिका-१९ कटहाबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित लक्ष्मीपुरपतारी गाँउपालिका-६ का ३२ वर्षीय निरन्जन यादवलाई पक्राउ गरेको हो । स ५ प ७७५५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा यादवको साथबाट फेनरागन एक हजार एम्पुल, डाईजिपाम ४८७ एम्पुल र ब्युप्रिनोर्फिन ४४८ एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुभास बुढाथोकीले जानकारी दिए । पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन