नेभिगेशन
जीवनयापन

वन कार्यालयभित्रै पक्राउ परेका व्यक्तिको मृत्यु : सहायक वन अधिकृतसहित चार जनाविरुद्ध किटानी जाहेरी

सुर्खेत - डिभिजन वन कार्यालय सुर्खेतको कार्यालयभित्र बिहीबार वीरेन्द्रनगर नगरपालिका-१३ का ५८ वर्षीय धनीराम लामिछाने मृत भेटिएको घटनालाई लिएर सहायक वनअधिकृतसहित चार जनाविरुद्ध मृतकका आफन्तले किटानी जाहेरी दिएका छन् । शुक्रबार मृतकका आफन्तले सहायक वन अधिकृत कृष्णराम धिताल, फरेष्टर सन्तोष खत्री, वन रक्षक पियुसराज तिवारी र सुरेन्द्र राजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका हुन् । लेकबेशी नगरपालिका-१० घर भएका लामिछाने हाल वीरेन्द्रनगरमा बस्दै आएका थिए । वन मुद्दामा पक्राउ परेका उनी बिहीबार दिउँसो मृत भेटिएपछि आफन्तले आन्दोलन चर्काएका छन् । लामिछाने दम्पतीलाई मदन भण्डारी राजमार्गमा टाचा लगाएको सालको रुख काटेको आरोपमा वनका कर्मचारीले पक्राउ गरेका थिए । कर्मचारीको कुटपिटका कारण नै लामिछानेको मृत्यु भएको आफन्तको आरोप छ । मृतक लामिछानेका भाइ रामप्रसाद लामिछानेले वनका कर्मचारीको कुटपिटबाट मृत्यु भएपछि आत्महत्या देखाउन डोरीले झुण्ड्याइएको दाबी गरेका छन् । यता डिभिजन वन कार्यालयले भने उक्त भनाइमा सत्यता नभएको बताएको छ । कार्यालयका प्रमुख मुनबहादुर रावतले लामिछानेलाई स्थानीय जनप्रनिधि र आफन्तको जमानीमा छोड्ने कुरा भएको तर, उनी झुण्डिएको अबस्थामा फेला परेको बताए । यता जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरज कार्की आफू आन्दोलनमै बीचमा रहेको चार जनाको विरुद्धमा किटानी जाहेरी परेको बताउँछन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्