नेभिगेशन
जीवनयापन

बालेनका डुप्लिकेट सुनिलले गरे काठमाडौं ९ बाट उम्मेदवारी दिने घोषणा

काठमाडौंं– काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)का फोटोकपीका रुपमा चर्चित सुनिल रिजालले प्रतिनिधिसभाको सदस्यका लागि काठमाडौँ क्षेत्र नं. ९ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । काठमाडौँमा पत्रकार सम्मेलन गर्दै रिजालले आफ्नो उम्मेदवारीको घोषणा गरेका हुन् । युवाहरु राजनीतिमा आउनु पर्ने र देश विकासका लागि युवाहरुमा देशको नेतृत्व जानु पर्ने विचार बोक्ने रिजालले काठमाडौँ क्षेत्र नं. ९ बाट जित्ने लक्ष्यसहित चुनावमा होमिएको बताएका छन् । उनले समृद्ध नेपाल र नेपालीको लागि आफ्नो उम्मेदवारी भएको बताएका जानकारी दिए। प्राविधिक शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना, उद्यमशीलता आफ्नो मुख्य प्राथमिकतामा रहने उनको भनाइ छ। गरिबी निवारण, कृषि उत्पादन, पर्यटन, धार्मिक, कला, भेषभुषा, संस्कृतिलाई प्रवर्द्धनलाई जोड दिएको रिजालले बताए । यस अघि पनि नेपाल सरकारको गरिवी निवारणमा काम गरेको अनुभव भएकाले पनि नेपालको गरिवीलाई कसरी कम गर्न सकिन्छ भन्ने पूर्ण योजना आफूसँग रहेको रिजालले बताए । धादिङ धुनिबेँसी जन्म भई चन्द्रागिरी नपा–१३ मालिकाका स्थायी बासिन्दा रिजाल विगतमा सरकारी सेवामा थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै