नेभिगेशन
जीवनयापन

सांसद कर्णकाे कटाक्ष : नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले बडो राम्रो निबन्ध लेख्नु भयो

काठमाडौँ - लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गर्न लेखेको सन्देश असान्दर्भिक रहेको आरोप लगाएका छन् । नागरिकता विधेयकसँग असम्बन्धित कुरा सन्देशमा लेखेकाले संसद्मा छलफल गर्न पनि आवश्यक नभएको तर राष्ट्रपतिको सम्मानका लागि बोल्नुपरेको कणर्को भनाइ थियो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा नागरिकता विधेयक र त्यसम्बन्धमा राष्ट्रपतिले फिर्ता गर्दा लेखेको सन्देशमाथिको छलफलका क्रममा कणर्ले बरु संविधान संशोधन गर्न भनेको भए राम्रो हुन्थ्यो भनेका छन् । ‘नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाउनुभएको छ, ठीकै छ । संविधानले अधिकार दियो, फिर्ता पठाउनु भयो । हामीले सम्मान गर्‍यौं र आज छलफल गर्दैछौं, यसको जरुरी थिएन । राष्ट्रपतिले यसलाई फिर्ता पठाउनु भएको कारणबाट फेरि छलफल गर्दैछौं,’ लोसपाका सांसद कणर्ले भने, ‘राष्ट्रपतिले फिर्ता पठाउनु भएको ८ बुँदे सन्देश यो विधेयकसँग कहाँ सम्बन्धित छ ? कुन ठाउँमा सम्बन्धित छ ? मैले पढ्दै गर्दा बडो राम्रो निबन्ध लेख्नु भएको लाग्यो ।’ संविधानमा नागरिकतासम्बन्धी व्यवस्था भएको र त्यसअनुसार नै विधेयक ल्याएको भन्दै कणर्ले संविधानमा लेखेको कुरालाई विधेयकले संशोधन गर्न नसक्ने कुरा स्मरण गराए । उनले भने, ’संविधानमा लेखेको कुरालाई विधेयकबाट संशोधन हुन्छ ? के को छलफल गर्ने ? सरकारले एउटा सत्प्रयास गरेको छ । यत्रो व्यक्तिको आँशु पुछ्ने काम गरेको छ । यसलाई कुनै पनि बहानामा लम्ब्याउन हुन्न ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्