भारतमा रेड पाण्डा र चितुवाको छालासहित तीन नेपाली पक्राउ

बुधबार, मंसिर ७, २०७९
सिलगढी– भारतको सिलगढी स्थित वैकुण्ठपुर वन महाशाखाका अधिकारीले गोप्य सूचनाका आधारमा तीन जना नेपाली नागरिकलाई जनावरकाे छाला सहित पक्राउ गरेको छ । तीन वटा छाला मध्ये दुईवटा लोपोन्मुख रेड पाण्डाको छाला रहेको छ भने एउटा चितुवाको छाला रहेको स्थानीय प्रहरीले जनाएको छ । उनीहरुले ती छाला भुटानमा तस्करी गर्ने योजना बनाएका थिए । भुटानबाट उनीहरूले चिनियाँ खरिदकर्तालाई हस्तान्तरण गर्ने योजना बनाएको टेलिग्राफ इण्डियाले लेखेको छ । बन अफिसर सञ्जय दत्तको नेतृत्वमा वन रक्षकहरूको उनीहरलाई सिलगढीको बाहिरी भागमा रहेको शिवमन्दिरमा बाट पक्रिएका थिए । कानुनी रूपमा छाला बोकेको प्रमाणित गर्ने कुनै कागजात पेश गर्न नसकेपछि तीनै जनालाई पक्राउ गरिएको हो । उनीहरूविरुद्ध वन्यजन्तु संरक्षण ऐन, १९७२ अन्तर्गत आरोपहरू लगाइएको छ, अधिकारीले भने। पक्राउ पर्नेमा झापा जिल्लाका चन्द्रप्रकाश चेम्जुङ र याक्पु शेर्पा र ताप्लेजुङका गोविन्द साँबु लिम्बु रहेका छन् । अधिकारीका अनुसार तीनै जना वन्यजन्तु बेचबिखनमा संलग्न छन् । उनीहरुले नेपालको मिक्वाखोला जिल्लाअन्तर्गत पर्ने ताप्लेजुङको जंगलबाट छाला संकलन गरी खरिदकर्तालाई दिने गरेका छन् । ‘यी छालाका लागि उनीहरुले ३० लाखमा सम्झौता गरेका थिए,’ अधिकारीले भने । रेड पाण्डाहरू लोपोन्मुख जनावारमा पर्दल । यो बंगाल, सिक्किम र अरुणाचल प्रदेशको दार्जिलिङ पहाडहरूमा पाइन्छ। इन्टरनेशनल युनियन फर कन्जर्भेसन अफ नेचरले रेड पाण्डालाई लोपोन्मुख जनावरको सूचीमा राखेको छ । (एजेन्सीको सहयोगमा)
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १९:४४
प्रतिक्रिया दिनुहोस्