नेभिगेशन
जीवनयापन

प्रत्यायन विधेयक संसदबाट पारित

काठमाडौं - राष्ट्रिय सभाको सन्देशसहितको प्रत्यायन विधेयक २०७८ पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले राष्ट्रिय सभाको सन्देशसहितको प्रत्यायन विधेयक २०७८ लाई बहुमतले पारित गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडूले राखेको प्रत्यायन विधेयक २०७८ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले बहुमतले पारित गरेको हो । यसअघि मंगलबार नै उक्त विधेयकमाथि दफावार छलफल भएको छ । छलफलमा सहभागी सांसदहरुले उठाएको प्रश्न र जिज्ञासाको मन्त्री बडूले जवाफ दिएका थिए । प्रतिनिधिसभाको अर्को बैठक २ भदौ बिहान ११ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्