नेभिगेशन
जीवनयापन

निजगढ विमानस्थलबारे सुझाव दिन विज्ञ समूह गठन

काठमाडौँ– सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सुझाव दिन विज्ञ समूह गठन गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्र देउजाको संयोजकत्वमा विज्ञ समूह गठन भएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार शुक्रवारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । विज्ञ समूहमा पूर्व अर्थ सचिव रामेश्वर खनाल, पूर्वाधार विज्ञ डा। सूर्यराज आचार्यसहितका व्यक्ति रहेको उनले जानकारी दिए । समूहले १ महिनाको समय पाएको छ । समूहमा वातावरण, विकास, अर्थतन्त्र र हवाई क्षेत्रका विज्ञहरू समावेश रहेको महानिर्देशक अधिकारीले जानकारी दिए। सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माणमा यसअघिका सबै प्रक्रिया रद्द गरी विज्ञ समूहको सुझावका आधारमा अगाडि बढ्न सरकारलाई आदेश गरेको थियो । सोही अनुसार सरकारले यस्तो समूह गठन गरेको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्