नेभिगेशन
सिएन ग्यालरी

प्रचण्डद्वारा आणविक बम खसालिएको हिरोसिमास्थित संग्रहालयको अवलोकन (तस्वीरहरु)

काठमाडौँ– जापानको पाँच दिने भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिरोसिमा पुगेका छन् । नेपाली जनप्रगतिशिल मञ्च जापानको निमन्त्रणामा पुगेका प्रचण्ड आणविक बम खसेको हिरोसिमा शहरस्थित संग्रहालयको अवलोकनका लागि आइतबार बिहान पुगेका हुन् । ७५ वर्षअघि अमेरिकाले अगस्ट ६ को दिन विमानबाट ‘लिटल बोइ’ नामक आणुबम हिरोसिमामा खसालेको थियो । हिरोसिमाका ६० प्रतिशतभन्दा बढी भवनहरू त्यस क्रममा ध्वस्त भएका थिए । हिरोसिमाका ३ लाख ५० हजार जनसंख्यामध्ये १ लाख ४० हजार मानिसको मृत्यु भएको थियो । स्मारकमा प्रचण्डले त्यतिबेलाका विभिन्न घटनाबारेका तस्वीर र सामग्रीहरुको अवलोकन गरेका थिए ।  
प्रतिक्रिया दिनुहोस्