नेभिगेशन
जीवनयापन

वर्षाका कारण भएको क्षतिको दीर्घकालीन समाधान गर्न सांसदकाे माग

काठमाडौँ– सांसदहरुले वर्षाका कारण भएको क्षतिको दीर्घकालीन समाधानको माग गरेका छन्। वर्षाले गर्दा धनजनको क्षति भएको भन्दै यसको दीर्घकालीन समाधानको माग गरेका हुन्। सांसद विद्या भट्टराईले वर्षाका कारण पोखरा बजारसँग जोड्ने सडक अलपत्र परेको भन्दै यसको दीर्घकालीन समाधान हुनुपर्ने बताइन्। पोखराका पर्यटकीय क्षेत्र समेत पहिरोको उच्च जोखीममा रहेको बताइन्। यस्तै, सांसद लालबहादुर थापाले बाढी पहिरोबाट पिडीतलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्न माग गरे। सांसद लक्ष्मी परीयारले वर्षाका कारण सप्तकोसी बस्तीमा पसेको भन्दै त्यहाँको बस्तीलाई सुरक्षित गर्न सरकार गम्भीर हुनुपर्ने बताइन्। उनले भनिन्, ‘३४ वर्षपछि सप्तकोसी पुरानो धार समातेर बस्ती पसेको छ। २५ सय बढी परीवार विस्थापित भएका छन्। त्यहाँको प्रहरी प्रशासन अहोरात्र खटिएको छ। त्यहाँको बस्तीलाई सुरक्षित गर्न बन्दोबस्तीका साधन सहित सरकारले उचित कदम चाल्नुपर्छ।’    
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्