नेभिगेशन
जीवनयापन

भिर मौरीले टोक्दा मृत्यु

देउखुरी– दाङको देउखुरीमा भिर मौरीले टोक्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ लैबरुवाका ३५ वर्षीय खिमवहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश प्रसाद काफ्लेले जानकारी दिए । शनिवार अपरान्ह साथिहरुसँग घर नजिकैको जंगलमा मौरीको रस काढ्नको लागि सिमलको रुखमा चढ्दा कुमाललाई मौरीले टोकेको हो । मौरीको टोकाईबाट घाइते भएका कुमालाई उपचारको लागि लमही अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोस्ट पार्टमको लागि लमही अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्