नेभिगेशन
जीवनयापन

गहतको दाल खानुको फाइदा

हुन त नेपालमा गहतलाई हेला गरेर ‘जात फाल्नु गहतको झोलमा’ भन्ने गरिन्छ । यसको महतव नबुझेरै त्यसो भनिएको होला । गहत (हर्स ग्राम) प्रोटिन र भिटामिनको स्रोत हो । यसलाई विभिन्न रुपमा खाने गरिन्छ । जाडो याममा वा रुघाखोकी लागेका बेला गहतको झोल खाने चलन हामीकहाँ छ । यसको सेवनबाट मिर्गौलाको स्टोन नियन्त्रण हुन सक्ने विश्वास गरिन्छ । गहत ब्रोङ्काइटिस, मधुमेह र क्यान्सर नियन्त्रणमा समेत लाभदायक हुने विश्वास गरिन्छ । गहतमा पोलिफेनोल, आइरन, मोलिब्डेनम जस्ता तत्व प्रशस्त हुने भएकोले हाम्रो शरीरका लागि यो धेरै उपयोगी छ । साभार : ‘जीवन जिउने काइदा’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्