नेभिगेशन
जीवनयापन

हेलम्बु राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोक–वर्षापछिको बाढी र पहिरोका कारण हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । हेलम्बु राजमार्ग अन्तर्गत मेलम्ची–तालामाराङ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएका कारण स्थानीयलाई हिँडडुलमा समेत समस्या भएको छ । वैकल्पिक मार्ग नभएको र मूल सडकमा बाढी तथा कतिपय स्थान कटानमा परेसँगै समस्या भएको छ । गत वर्ष मेलम्ची बाढीपछि सो स्थानका सडक जोखिममा परेको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्