नेभिगेशन
जीवनयापन

ओरिसन स्वेट मार्डनका केही अमर वाणीहरु

१. जीवनको सफलता यस कुरामा निर्भर छ कि तपाईंलाई आफ्नो लक्ष्यको ज्ञान छ । धेरै जसो मानिस यस्ता छन् कि तिनलाई यो पनि ज्ञान छैन कि उसले अब के गर्नु छ । तपाईंलाई यो जानेर आश्चर्य लाग्नेछ कि धेरै मानिस यस्ता छन्, जसलाई यो पनि ज्ञान छैन कि आउँदो क्षणमा उसले के गर्नेछ । २. सफलता उसैले पाउँछ जो हरहमेशा त्यसैको खोजीमा रहन्छ । सफलता त्यस्ताले कहिल्यै भेट्दैन जो केवल त्यसको कल्पना गर्दछ । ३. अघिल्तिर जे छ त्यसैलाई महत्वपूणर् ठान । सफलताको यही नै सूत्र हो । ४. मानिसले त्यही काम राम्रोसँग गर्न सक्छ, त्यसैबाट सफलता पनि प्राप्त गर्न सक्दछ, जसको सिद्धिमा उसको साँचो विश्वास छ । ५. व्यक्तिको उमेर थोरै नै किन नहोस् यदि यौवनको विचार उसको मनबाट बाहिरिएका छन्, उसको उत्साह खुकुलो भएको छ, उसको कार्यक्षमता कमजोर भएको छ भने उसलाई बूढो नै ठान्नुपर्दछ । ६. यो सत्य हो कि साधारण मनमा नै यस्तो शक्ति हुन्छ जसबाट यौवनको समय बढाउन सकिन्छ, जसबाट शक्ति विकसित गर्न सकिन्छ । दृढ मनमा नै यस्तो शक्ति छ, जसबाट जीवनलाई सुरक्षित राख्न सकिन्छ । साभार : ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्