नेभिगेशन
जीवनयापन

मंसिर ४ पछि नयाँ जनादेश लिएर सिंहदरबार फर्कन्छौं– एमाले उपाध्यक्ष नेम्बाङ

काठमाडौं– नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्बाङले आगामी चुनावबाट पाँच दलीय गठबन्धनलाई ठेगान लगाउने बताएका छन् । प्रेस चौतारी दाङले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान गठबन्धन सरकार केका लागि भनेर जनताले बुझिसकेकाले मंसिर ४ गते जनताले दुधको दुध पानीको पानी छुट्याउने दाबी गरे । नेम्बाङले आगामी चुनावपछि एमालेले सरकारको नेतृत्व गर्ने ठोकुवा गरे । ‘एमालेविरुद्ध गठबन्धन गरे पनि मंसिर ४ पछि नयाँ जनादेश लिएर सिंहदरबार फर्कन्छौं’, उनले भने । उनले सरकारले दीर्घकालिन असर पर्ने निर्णय गर्न नहुने जिकिर गर्दै निर्वाचन मिति भएसँगै सरकार काम चलाउन भइसकेको बताए । उनले चोलेन्द्रशमशेर राणाविरूद्धको महाभियोग अहिलेसम्म नटुंग्गाउनु सरकार र सभामुखको कमजोरी भएको दाबी गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्